अर्थ

भन्सार जाँचपास मै न्युन विजकिकरण

बारा- दसैं र तिहारको मौका छोपी बिभिन्न नाकाहरुबाट नेपालमा पैठारी गरीएका माल बस्तुहरुमा ट्रान्सपोर्ट संचालक र आयातकर्ताहरुले भन्सार छली गर्ने गरेको पाइएको छ।  

आयातकर्ता र ट्रान्सपोर्ट संचालकहरुले बिभिन्न नाकाहरुबाट जाँचपास गराएर नेपाल भित्रिएका ट्रक र कन्टेनरहरुमा लोड गरीएका माल बस्तुहरुलाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिएर चेक जाँच गर्दा त्यसबाट भन्सार छली र न्युन बिजकिकरण गरीएको माल बस्तुहरु बढी मात्रामा भेटिने गरेको मध्यमाञ्चल राजश्व अनुसन्धान एकाई कार्यालय पथलैयाले जनाएको छ।

असोज १२ गते वीरगन्जबाट ईलेक्ट्रोनिक्स समानहरु लोड गरी हेटौंडा तर्फ जाँदै गरेको प्रिमियर ओभरसिज प्रालीका ट्रकलाई राजस्व अनुसन्धान एकाई कार्यालय पथलैयाले चेक जाँच गर्दा त्यसबाट भन्सार तिरेको भन्दा बढी मूल्यका माल बस्तुहरु अनुसन्धानको क्रममा भेटिएको राजस्व अनुसन्धान एकाई कार्यालय पथलैयाका अधिकारीहरुले जनाएका छन्।

‘प्रिमियर ओभरसिज प्रालीका ट्रकमा भेटिएको ईलेक्ट्रोनिक्स समानहरुको वास्तमिक मूल्य भन्दा कम मूल्य देखाएर कम भन्सार तिरेको अनुसन्धानको क्रममा भेटियो’ मध्यमाञ्चल राजश्व अनुसन्धान एकाई कार्यालय पथलैयाका प्रमुख ज्ञानेन्द्रराज ढकालले भने, ‘कम भन्सार तिरेर बढी मूल्यको ईलेक्ट्रोनिक्स समानहरु लैजादै गर्दा त्यसबाट  तीन लाख ३३ हजार थप राजस्व असुली गरिएको छ।

पूर्वको मेची भन्सार कार्यालयबाट जाँच पास भएर काठमाडौं तर्फ लैजाँदै गरेको ईलेक्ट्रोनिक्स लगाएतका अन्य समानहरु लोड गरेको एडिस्नल ट्रेडलिङ्ग प्रालीका ट्रकलाई चेक जाँच गर्दा त्यसबाट भन्सार तिरेको भन्दा बढी मूल्यको समानहरु भेटिए पछि असोज ९ गते त्यसबाट पनि थप राजस्व समेत असुली गरीएको ढकालले बताए।

‘मेची भन्सार कार्यालयबाट भित्रिएको एडिस्नल ट्रेडलिङ्ग प्रालीका ट्रकमा भन्सार तिरेको भन्दा बढीको माल बस्तुहरु अनुसन्धानको क्रममा भेटियो,’ ढकालले भने, ‘भन्सार तिरेको भन्दा बढीको समानहरु भेटिए पछि कारवाही गरी त्यसबाट थप सात लाख ७२ हजार राजस्व असुली हो।’

असोजको पहिलो हप्ता वीरगन्ज भन्सार कार्यालयबाट जाँचपास भएर वीरगन्जबाट बाहिर जादै गरेको त्रिशक्ती ट्रेडिङ्ग हाउस प्रालीका बिभिन्न माल बस्तुहरु लोड गरेका बा ४ ख ४७८ नम्बरको ट्रकलाई राजस्व अनुसन्धान एकाई कार्यालय पथलैयाले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा त्यसमा भन्सार तिरको भन्दा बढी मूल्यको माल बस्तुहरु भेटिएको राजस्व अनुसन्धान एकाई कार्यालय पथलैयाले जनाएको छ।

त्रिशक्ती ट्रेडिङ्ग हाउस प्रालीका माल बस्तुहरु लोड गरेको ट्रकमा भन्सार तिरेको भन्दा बढी मूल्यको माल बस्तुहरु अनुसन्धानको क्रममा भेटिए पछि त्यसलाई कारवाही गरी तीन लाख ५४ हजार थप राजस्व असुली गरीएको ढकालले जनाए।

चाडपर्वको मौका छोपी वीरगन्ज लगाएतका पुर्वका मेची भन्सार,गौर भन्सार,जनकपुर  लगाएतका नाकाहरुबाट आयातकार्ता र ट्रान्सपोर्ट संचालकहरुले भन्सार छली र न्युन बिजीकरण गरीएको माल बस्तुहरु निर्वाध रुपमा देशका बिभिन्न भागहरुमा पठाउने गरेको अनुसन्धानबाट खुलेको ढकालले बताए।

अहिले बिभिन्न नाकाबाट भन्सार तिरेर नेपाल भित्रियाईएको माल बस्तुहरु लोड गरेको आयातकर्ता र ट्रन्सपोर्ट संचालकहरुको ट्रक र कन्टेनरलाई अशंका लागेर चेक जाँच गर्दा त्यसबाट भन्सार छली वा न्यून बिजकीकरण गरीएको माल बस्तुहरु भेटने गरेको राजस्व अनुसन्धान एकाई कार्यालय पथलैयाका अधिकारीहरुले बताएका छन्।

भन्सार चोरी र कम मूल्य देखाएर पैठारी गरीएको माल बस्तुहरु अनुसन्धानको क्रममा भेटने गरे पछि अयातकर्त र ट्रन्सपोर्ट संचालकहरुबाट थप राजस्व असुली वा भेटिने माल बस्तुहरुलाई नै जफत गरी कारवाही गरीएको मध्यमाञ्चल राजश्व अनुसन्धान एकाई कार्यालय पथलैयाका प्रमुख ढकालले बताए।

भन्सार चोरी र कम मूल्य देखाएर पैठारी गरीएको माल बस्तुहरु भेटिए पछि त्यसमा भन्सार कार्यालयका कर्मचारी वा आयातकर्ता को दोषी देखिने प्रश्नमा ढकालले यो अनुसन्धानको बिषय भएकोले यसको बारेमा केही भन्न नमिल्ने बताए।

भन्सार चोरी र कम भन्सार तिरेर पैठारी गरीएको माल बस्तुहरु अनुसन्धानको क्रममा भेटिने गरे पछि भादौ महिनायता कारवाही गरी असुली गर्ने राजस्वमा समेत बृद्धी भएको ढकालले बताए।

भादौं महिना देखी असोजको १३ गते सम्ममा भन्सार चोरी र कम मूल्य देखाएर पैठारी गरीएको माल बस्तुहरुबाट कारवाही गरी चार करोड ४० लाख भन्दा बढी राजस्व असुली गरीएको ढकालले बताए।

 

 

 

 

 

 

प्रकाशित: १६ आश्विन २०७३ ०९:४७ आइतबार

भन्सार जाँचपास मै न्युन विजकिकरण