अर्थ

पर्यटन व्यवसायअझै फस्टाएन

फाइल तस्बिरसः पोखरा नजिकैको कालिकागाउँ घुम्न गएका चिनियाँ पर्यटक ।

पोखरा– विश्वपर्यटक दिवस मनाइरहँदायहाँको मुख्यपर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकीय चहलपहलबढेको छैन । मुख्यसिजन सुरु भइसक्दापनियहाँपाहुनाको आगमननबढेकोमाव्यवसायीचिन्तित छन् । यसले पर्यटन व्यवसायीखुसीहुन सकेका छैनन् । पर्यटन व्यवसायअझै चम्किननसकेको उनीहरुको भनाइ छ ।
भूकम्प र नाकाबन्दीको मारले खस्किनथालेको पोखराको पर्यटन क्षेत्र अझै उकासिननसकेको व्यवसायी बताउँछन् । सिजनमापनिपर्यटक नआउँदाव्यवसायधान्नमुस्किलभएको उनीहरुको भनाइ छ ।

व्यवसायीकाअनुसारमुख्यसिजनको सुरुआतभइसक्दापनिपर्यटन क्षेत्रमासुखदसंकेत देखिएकोछैन ।
‘यतिबेलाआन्तरिक र बाह्य गरेर बढीमा ३० प्रतिशतमात्रअकुपेन्सीहोला । सिजनका बेला यो निकै न्यूनअकुपेन्सीहो,’ पश्चिमाञ्चलहोटल संघका अध्यक्ष भरतराज पराजुलीले भने, ‘उत्साहप्रदसिजनहुने बेलामा सुनसान छ । पर्यटन क्षेत्रले पाहुनाको आगमन बढाएर यो बेला केही राहत महसुस गर्नुपर्ने हो, तर, गर्न सकेन ।’पाहुनाआगमन सुनसानहुँदापर्यटन दिवस पोखरेलीव्यवसायीकालागिखल्लो रहेको उनले बताए ।
पराजुलीकाअनुसार भूकम्प अघि सेप्टेम्बरमायहाँकाहोटलको अकुपेन्सीकरिब ६० प्रतिशतसम्मपुग्थ्यो । तर भूकम्पछि पिकअपलिन सकेन । ‘पर्यटन क्षेत्रले पिकअपलिननसक्दाव्यवसायीहतोत्साहीभएका छन् । ३० प्रतिशतले खर्चधान्न सकिन्न,’उनले भने, ‘कम्तिमा ५०–६० प्रतिशतहुनुपर्ने हो । तर, आगमन नै छैन ।’
अक्टोबरको अकुपेन्सी ६० प्रतिशतपुग्ने अपेक्षा रहेकोउनले बताए । अक्टोबरमाआन्तरिक पर्यटककोपोखरामा केहीचहलपहल बढ्ने सम्भावना रहेकाले पनित्यो बेलाअकुपेन्सी बढ्न सक्ने पराजुली बताउँछन् । ‘अक्टोबरकालागिपनिविदेशीआगमनको अग्रिमबुकिङ पनिउत्ति राम्रो छैन । तर, दसैंकाकारण आन्तरिक पाहुनाको चहलपहल बढ्ने सम्भावनाछ,’ उनले भने, ‘त्यसले केही राहतथप्नेमाआशावादी छौं ।’
पर्यटन क्षेत्रमालगानी बढेको बढ्यै भएपनिपर्यटक आगमन नबढ्दा समस्याभएको उनले बताए । ‘पहुँचमा नै समस्याभएको छ । विमानस्थलबाट काठमाडौं ओर्लिएपनिपोखरासम्मभित्रिन समस्या छ । राज्यले पूर्वाधार विकास नसघाउने हो भने ठूलो लगानी डुब्ने खतरा रहेको छ,’ उनले भने, ‘बाटोघाटोमा समस्या छ । अन्तर्राष्ट्रिय विमानस्थलमाओर्लेपछि पर्यटकले समस्या खेप्न थाल्नुपर्छ ।’ यस्तै अवस्थाजारी रहे मुलुककोपर्यटक क्षेत्रको खर्बाै लगानी डुब्ने खतरा रहेको उनले बताए ।

नेपालएसोसिएसनअफ टुर्स एण्न्ड ट्राभल एजेन्ट्स (नाट्टा) काअध्यक्ष डिल्लीप्रसादगौतमले पनिपर्यटन दिवसको सेरोफेरो उत्साहजनक नरहेको बताउँछन् । ‘अक्टोबरको बुकिङ अहिल्यै सतप्रतिशत नाघ्नुपर्नेमा बढीमा ६० प्रतिशत छ । अनिव्यवसायीले आशागर्ने ठाउँ नै छैन,’उनले भने, ‘माइनसमाजानुपर्ने सिजनआधामै रुमल्लिएको छ । यसले व्यवसाय धरासायीहुने चिन्तासबैमापलाएको छ ।’
व्यवसायीकाअनुसार सेप्टेम्बरबाट नोभेम्बरसम्मलाई पोखराकापर्यटन व्यवसायीले मुख्यसिजन मान्छन् ।

भूकम्पअघि यो सिजनमापर्यटक आगमनह्वात्तै बढेर पोखरामापाहुनाको चहलपहलनिकै नै हुन्थ्यो । तर, यो पटक होटलकाकोठा रित्तै राख्नुपरेको व्यवसायीको गुनासो छ । ‘केहीकोठामा पाहुना राखेको भरमाअबहोटलको खर्च धान्न सकिन्न,’होटल संघ अध्यक्ष पराजुलीको भनाइ छ ।

व्यवसायीकाअनुसार केहीवर्ष अघिका अभ्यास हेर्दा सेप्टेम्बरदेखि पोखरामाविदेशीपर्यटकको आगमन बढ्न थाल्थ्यो । आगमन बढ्दै जाँदा अक्टोबरमा सतप्रतिशत नाघिसक्थ्यो । तर, अहिले निकै नै कमपर्यटक आएको पोखरा पर्यटन परिषद (पिटिसी) काअध्यक्ष सोमबहादुर थापाले बताए । थापाले भने, ‘पर्यटन क्षेत्र बाहिरबाट हेर्दा जति फस्टाएको छ । भित्रभित्र समस्यामा रहेको छ । यो सबै भूकम्प र नाकाबन्दीले निम्त्याएको हो ।’

उनकाअनुसार यो सिजनमामाउन्टेनियरिङ गतिविधिकालागिपर्यटक पोखरा भित्रिन्छन् । तर, अहिले निकै नै कमआगमन रहेको उनले बताए । परम्परागत रुपमापर्यटन क्षेत्र अघि बढेकोले पनिपाहुनातान्ननसकेको उनले बताए । ‘अब परिमार्जन सहित जानुपर्छ । नयाँपर्यटकीय प्रोडक्ट पहिचान गरेर गन्तव्यविस्तार गर्नुपर्छ । त्यो भयो भने केहीआगमन बढाउन सकिन्छ,’ उनले भने, ‘नत्र वर्षाै पुरानो गन्तव्य र प्रोडक्ट बेचेर अबपाहुनाआउँदैनन् ।पोखरामाआकर्षण गर्ने आधार विस्तार  गर्नुपर्छ ।’

विश्वपर्यटन दिवस मनाइरहँदापोखराको पर्यटन क्षेत्रमाजतिचमकहुनपर्ने हो, त्यत्तिनरहेको उनले बताए । ‘व्यवसायमाचमकनहुँदापर्यटन व्यवसायीचिन्तित छन् ।कुनै समस्याहुँदैनथ्यो भने यो बेलापोखराकापर्यटन क्षेत्र मुख्यसिजनमादौडिरहेकोहुन्थ्यो । तर, सिजनको अनुभवगर्नैपाइएन,’उनले भने,‘योसिजनसँगव्यवसायीको ठूलो अपेक्षाथियो । तर, अपेक्षा पूरा हुने संकेत छैन ।’

नेपालको राजनीतिकअस्थिरता, बाटोघाटोको समस्या, आर्थिक मन्दीलगायत समस्याले पर्यटक भित्रिननसकेको उनले बताए । ‘पोखराकाहोटलको अकुपेन्सीयो बेलाकम्तिमापनि५० प्रतिशतभन्दामाथिहुनुपर्ने हो । तर, छैन,’उनले भने,‘अक्टोबरकालागिपनिउत्साहजनकबुकिङ आएको छैन । यो बेलाअक्टोबरको बुकिङ सतप्रतिशत नाघिसक्नुपर्ने हो ।’ राज्यले अपनत्वलिननसक्दापर्यटन क्षेत्र अन्योलमा रहेको उनले बताए ।


 

प्रकाशित: ११ आश्विन २०७३ ०५:४७ मंगलबार

पर्यटन व्यवसायअझै फस्टाएन