अर्थ

प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार आठ सय रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख तीन हजार पाँच सय रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित: २ फाल्गुन २०७९ ०५:३४ मंगलबार

सुनचाँदी