अर्थ

सेजन अवार्डबाट पत्रकार पुरस्कृत

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्डमा यसवर्ष विभिन्न विधाका पत्रकारहरू सम्मानित भएका छन्। सेजनले राजधानीमा आयोजित एक कार्यक्रमबीच सेजन अवार्ड वितरण गरेको हो । यसवर्षको सेजन अवार्ड अन्नपूर्ण पोष्ट दैनिकका पत्रकारद्वय ममता थापा र सुरेन्द्र काफ्लेले पाएका छन्।  

स्वर्गीय भोला चालिसे लिबरल जनर्नालिज्म अवार्डबाट कान्तिपुर दैनिकका अर्थ ब्युरो प्रमुख कृष्ण आचार्य सम्मानित भएका छन्। सेजन ब्रोडकाष्ट मिडिया अवार्ड ग्यालेक्सी फोर के टेलिभिजनका विनय बन्जरा, सेजन प्रिन्ट मिडिया अवार्ड टक्सार म्यागेजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकी र सेजन डिजिटल मिडिया अवार्ड पहिचान मिडियाका माधवप्रसाद दुलालले पाएका छन्। यसवर्षको सञ्जय न्यौपाने आर्थिक पत्रकारिता फेलोसिप कारोबार दैनिकका कौसिला कुँवरलाई प्रदान गरिएको छ।

प्रकाशित: २ फाल्गुन २०७९ ००:४८ मंगलबार