अर्थ

सिजी होल्डिङ्सले दि भिल्ला बनाउने

काठमाडौं– सिजी होल्डिङ्सको सहायक कम्पनी सिजी प्रोपर्टिजले ललितपुरको सुनाकोटीमा प्रिमियम लक्जरी नयाँ अपार्टमेन्ट ‘दी भिल्ला’ को निर्माण थालेको छ । सिजी प्रोपर्टिजले सातदोबाटोबाट पाँच मिनेटको दुरीमा रहेको सुनाकोटीमा भिल्ला निर्माण गरेको जनाएको छ । चारैतिर हरियालीले घेरिएको यस अपार्टमेन्ट हालसम्म उत्पादन भएका र प्रयोग भएकामध्ये नयाँ प्रविधि अपनाएर बनाएको सिजी प्रोपर्टिजले जनाएको छ ।

सिजी प्रोपर्टिजले अत्याधुनिक सुविधाले सम्पन्न रहेको यो अपार्टमेन्टमा दैनिक जीवनमा अत्यावश्यक किसिमको डिजाइन तथा सुरक्षाका दृष्टिकोणले उत्कृष्ट रहेको जनाएको छ। दी भिल्लामा हालै मात्र सरकारले जारी गरेको भूकम्प प्रतिरोधी भवन निर्माण आचारसंहिता पालना गरिएको र प्रत्येक भिल्लामा जान २० फिटको बाटो रहेको पनि कम्पनीले जनाएको छ। सम्पूर्ण भिल्लामा सौर्य उर्जाको व्यवस्था गरिने भन्दै कम्पनीले प्रत्येक भिल्लामा ट्रिटेड पानीको व्यवस्थाका साथै अन्डरग्राउन्ड आठदेखि १० हजार लिटर क्षमताका ट्यांकीको व्यवस्था गर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ आश्विन २०७३ १३:५५ आइतबार

सिजी होल्डिङ्सले दि भिल्ला बनाउने