अर्थ

दाङमा जापान सरकारले निर्माण गरेको बर्थिङ सेन्टर हस्तान्तरण

दाङ जिल्लाको घोराही नगरपालिकामा जापान सरकारले निर्माण गरेको बर्थिङ सेन्टर हस्तान्तरण गरिएको छ। 

शुक्रबार एक कार्यक्रमका बीच नेपालका लागि जापानी राजदूत किकुता युताकाले बर्थिङ सेन्टर हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत युताकाले बर्थिङ सेन्टरको निर्माणको प्रशंसा गर्दै बधाई दिएका थिए। उनले देशको भविष्य बालबालिका भएको बताउँदै उनीहरूका आमाहरूको हेरचाह गर्न आवश्यक रहेको बताए।

नवनिर्मित, भूकम्प प्रतिरोधी, बर्थिङ सेन्टरले परिवार र समुदायलाई धेरै फाइदा पुर्‍याउँने विश्वास व्यक्त गरे।

ग्रासरुट ह्युमन सेक्युरिटी कार्यक्रम अन्र्तगत जापान सरकारले बर्थिङ सेन्टर निर्माण गरेको हो। बर्थिङ सेन्टरमा स्वास्थ्य उपकरण भने नेपाल परिवार नियोजन संघ ले सहयोग गरेको हो।

प्रकाशित: २७ माघ २०७९ १२:५७ शुक्रबार

बर्थिङ सेन्टर