अर्थ

एनआइसी एसिया लघुवित्तद्वारा एक दिने तालिम सञ्चालन

एनआईसी एसिया लघुवित्तले एक दिने व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ। संस्थाले उपप्रदेशिक कार्यालय भुताहा नवलपरासीले संस्थामा आबद्ध सदस्यहरूका लागि सो तालिम आयोजना गरेको हो।

संस्थामा आबद्ध रही तरकारी खेती तथा पशुपालनमा संलग्न तथा व्यावसायिक कृषि गर्न ईच्छुक समूह सदस्यहरूलाई स्थानीय क्षेत्रमा नै व्यावसायिक कृषि पेशातर्फ उत्प्रेरित गरी सदस्यहरूको आम्दानीमा वृद्धि गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको संस्थाका लुम्बिनी प्रदेश कार्यालय प्रमुख अमरनाथ सेढार्इंले बताएका छन् ।

प्रकाशित: २७ माघ २०७९ ०१:१२ शुक्रबार

एनआइसी एसिया लघुवित्त व्यावसायिक तरकारी खेती