अर्थ

याडियाको नयाँ सोरुम चुच्चेपाटीमा

याडिया ब्राण्डको ई–स्कुटरको आधिकारिक वितरकले चाबहिलको चुच्चेपाटीमा नयाँ सोरुमको उद्घाटन गरेको छ। उक्त नयाँ सोरुमको उद्घाटन काठमाडौं महानगरपालिकाको वडा अध्यक्ष भुवन तामाङले गरेका छन्। 

कम्पनीले पोखरा, चितवन, दाङ, बुटवल, पाटन र भक्तपुरमा डिलर स्थापित गरिसकेकोमा चुच्चेपाटी चाबहिलमा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो। कम्पनीले निकट भविष्यमै उपभोक्तालाई थप सेवा पु¥याउन उद्देश्यले बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, लहान, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका स्थानहरूमा नयाँ आउटलेट खोल्ने जनाएको छ। हाल याडियाको सि१ एस, जि ५ एस मोडलहरू नेपालमा स्थापित रहेको छ।

प्रकाशित: २६ माघ २०७९ ०१:२१ बिहीबार