अर्थ

सुन तोलाको दुई सयले बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेको छ।  

अघिल्लो दिन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार आठ सय रुपैयाँ तोकिएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार एक सय रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार तीन सय १५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।  

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित: २५ माघ २०७९ ०५:२४ बुधबार

सुनचाँदी