अर्थ

यमाहाको ‘की टु द गोल्डेन हार्ट’ योजना

भ्यालेन्टाइनको अवसरमा यामाहाले ‘की टु द गोल्डेन हार्ट योजना ल्याएको छ। यस योजनामा ग्राहकले एक लाखसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ।  

यस्तै हरेक हप्ता यमाहाले एउटा सुनको लकेट र सुनको चाबी पनि उपहार स्वरूप दिने बताएको छ। कम्पनीका अनुसार लक्की ड्र मार्फत हरेक हप्ता बिजेताको घोषणा गरिनेछ। यो अफर फेब्रुअरी १ देखि १७ सम्म यमाहाका एफ जेट–एस एफआई भर्सन ३.०, एफ जेट–एस एफआइ भर्सन २.०, एसजेट–आरआर भर्सन २.० लगायतका सिमित मोडेलहरूमा मात्र पाइने कम्पनीले जनाएको छ।  

फेब्रुअरी महिना प्रेमको प्रतीक भएको हुँदा प्रेम र आत्मीयता मनाउँदै कम्पनीले साप्ताहिक उपहार ल्याएको जनाएको छ। अफर यमाहा स्कुटरमा १–१७ फेब्रुअरी, २०२३ सम्म मात्र लागु हुनेछ ।  

प्रकाशित: २५ माघ २०७९ ००:४३ बुधबार