अर्थ

सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेनः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताएका छन्।

मंगलबारबाट शुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल टेक्नोलोजी तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढीसकेको भएपनि सरकारले नेपाली इन्जिनियरहरुले उत्पादन गरेका नयाँ सफ्टवेयरलाइ प्राथमिकता दिन नसकेको उल्लेख गरे।

उनले नेपाली इन्जिनियरहरुले बनाएका टेक्नोलोजी विदेशीको तुलनामा कम नरहेको बताए। नेपालका टेक्नोलोजी उत्पादन गर्ने प्राविधिकहरु कमी नभएको उनको भनाइ छ। उनले नेपाले टक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँगपनि प्रतिस्पर्धा गर्नसक्ने अवस्था रहेको बताए।

आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति अनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको उनले बताए। 

प्रकाशित: २४ माघ २०७९ ०८:३९ मंगलबार

चन्द्रप्रसाद ढकाल