अर्थ

सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

बृज सिमेन्टद्वारा प्रायोजित १३ औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ। ‘दिगो विकास र समृद्व नेपालको लागि प्रविधि’ भन्ने नाराका साथ भएको उक्त तीन दिने प्रदर्शनी इन्जिनियरिङ क्याम्पस पुल्चोकमा भएको थियो। प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन, पोएट्री कम्पिटिसन, ओलमपियाड गरी १२ विधामा विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो। प्रदर्शनीको समापनमा प्रतियोगिताका विजेता र उपविजेतालाई बृज सिमेन्टका ब्राण्ड म्यानेजर अमित श्रेष्ठले बृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए।

प्रकाशित: २४ माघ २०७९ ०१:३३ मंगलबार