अर्थ

नेपाल लाइफको नाफा २३७.२९ प्रतिशत

नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासमा खुद नाफा २३७.२९ प्रतिशत भएको कम्पनीले जनाएको छ। कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सो नाफा सार्वजनिक गरेको हो। कम्पनीका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख ९९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४४ करोड १ लाख ६० हजार रूपैयाँ आर्जन गरेको हो। 

प्रकाशित: २४ माघ २०७९ ०१:२५ मंगलबार