अर्थ

नेवानि जहाजको पाङ्ग्रा अवतरण गर्ने क्रममा पड्कियो

काठमाडौं—नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल बायु सेवा निगमको जहाजको पाङ्ग्र अवतरण गर्ने क्रममा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा पड्किएको छ।

'पाङ्ग्रा पड्किएपछि जहाजलाई पार्किङमा लैजान सकिएन। जहाज त्यहीँ छ', विमानस्थल स्रोतले भन्यो।

अवतरण गर्ने क्रममा पार्किङ वेमा आउँदै गर्दा जहाजको पछाडिपट्टिको बायाँतर्फको एउटा टाउर पड्किएको त्रिभुवन विमानस्थल स्रोतले बतायो। 'पाङ्ग्रा पड्किएपछि जहाजलाई पार्किङमा लैजान सकिएन। जहाज त्यहीँ छ', विमानस्थल स्रोतले भन्यो।

जहाज गुड्ने धावनमार्गमा नेवानिको एयरबस जहाज अलपत्र परेपछि त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल बन्द गरेको छ। 'जहाजलाई पार्किङमा पुर्‍याउन प्रयास भइरहेको छ। पार्किङमा पुर्‍याएपछि मात्र जहाज उडान अवतरण हुनसक्छ।'

दिल्लीबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको सो जहाजमा परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत सहित १८५ यात्रु थिए।

प्रकाशित: २८ भाद्र २०७३ ०७:५६ मंगलबार

नेवानि जहाजको पाङ्ग्रा अवतरण गर्ने क्रममा पड्कियो