अर्थ

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिपिडब्लु लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि   आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।

लघुवित्तले सर्वसाधारणमा निष्काशनका लागि छुट्याइएको शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आईपीओमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित: २२ माघ २०७९ ०२:४१ आइतबार