अर्थ

ग्यालेक्सीको अल्टिमेट प्रिमियम स्मार्टफोन सार्वजनिक

सामसङले ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ सार्वजनिक गरेको छ। कम्पनीले यही फेब्रुअरी १ देखि ग्यालेक्सीको अल्टिमेट प्रिमियम स्मार्टफोन सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार सामसङ ग्यालेक्सीमा भएको एपिक क्यामेराले प्रयोगकर्ताहरूलाई रचनात्मकता अन्वेषण गर्न अझ बढी स्वतन्त्रता पाइने बताएको छ। साथै यसले परिवर्तनकारी एआईका रूपमा नाइट्रोग्राफी भिडियो समेत खिच्ने जनाएको छ।

यस्तै स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्मले भविष्यका लागि तयार हुने मोबाइल गेमिङ अनुभव र शक्तिशाली रूपमा दीर्घकालीन गेम प्ले उपलब्ध गराउने कम्पनीको दाबी छ।

ग्लोबल अनावरणसँगै सामसङले नेपालमा पनि प्रि अर्डर खुल्ला गरिएको घोषणा गरेको कम्पनीले जनाएको छ। 

प्रकाशित: २२ माघ २०७९ ०१:०४ आइतबार

ग्यालेक्सी एस २३ अल्ट्रा रचनात्मकता अन्वेषण