अर्थ

‘एनआई सी एसियामर्चेन्ट मिट २०२३’ सम्पन्न

एनआईसी एसिया बैंकले ‘एनआईसी एसिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

‘डिजिटल फष्ट बैंक’ बन्ने बैंकको दीर्घकालीन लक्ष्यमा मर्चेन्टहरूको उत्साहजनक सहभागिता, सहकार्य र योगदानको मूल्याङ्कन र कदर गर्दै सहयात्रालाई पुनर्ताजगी गर्ने हेतुले ‘एनआईसी एसियामर्चेन्ट मिट २०२३’ आयोजना गरिएको बैंकले जनाएको छ।

काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका बैंकको १ सय ५० भन्दा धेरै व्यावसायिक साझेदारहरूको सहभागिता कार्यक्रममा रहेको थियो। 

प्रकाशित: १९ माघ २०७९ ०१:५१ बिहीबार

एनआईसी एसिया बैंक मर्चेन्टहरूको उत्साहजनक सहभागिता