अर्थ

लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई

लाइफ इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ।

इन्स्योरेन्सको १ः०.८८४५१६८ को अनुपातमा जारी गर्न लागेको साविकका सेयरधनीलाई प्रतिसेयर सय रूपैयाँ दरको २ करोड ३४ लाख ६८ हजार कित्ता शेयरको हुने २ अर्ब ३४ करोड ६८ लाख रूपैयाँ बराबरको हकप्रद शेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्टलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

प्रकाशित: १७ माघ २०७९ ०२:०१ मंगलबार

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ