अर्थ

पाँच सहरमा एनसेल मेला

काठमाडौं- एनसेलले देशका विभिन्न ५ सहरमा एनसेल मेला आयोजना गर्ने भएको छ। कम्पनीको रि¬–ब्रान्डिङ पश्चात नारायणघाट, पोखरा, बुटवल, धरान र बिर्तामोडमा शुभकामना आदान प्रदान तथा नयाँ ब्रान्ड चिनाउन उक्त मेला गर्न लागेको कम्पनीले जनाएको छ।

उक्त मनोरञ्जनात्मक कार्यक्रम भदौ ३० गते नारायणगढको नारायणी किनारमा, असोज १ गते पोखराको प्रदर्शनी केन्द्रमा, असोज ३ गते बुटवलको सिद्धेश्वरी मैदानमा र असोज ६ गते धरानको पब्लिक हाइस्कुल मैदानमा आयोजना हुने कम्पनीले जानकारी दिएको छ। असोज ८ गते बिर्तामोडको सुगम पेट्रोल पम्प मैदानमा आयोजना गरेर मेला समापन हुने एनसेलको विज्ञप्तिमा उल्लेख छ।

'हाम्रा आदरणीय ग्राहकमाझ पुगी खुसीयाली साट्न र सबैसँग चाडपर्वको शुभकामना आदानप्रदान गर्न एनसेल मेला आयोजना गर्न लागिएको हो,' एनसेलका कर्पोरेट संवादविज्ञ मिलन शर्माले भने, 'विविध आकर्षक कार्यक्रम समावेश गरिएको उक्त मेलामा आउने दर्शकले भरपुर मनोरञ्जन पाउनेमा हामी विश्वस्त छौं।' कार्यक्रममा चर्चित कलाकारसहित गीत संगीत, गेम तथा नेपाली, इन्डियन र चाइनिज परिकारका स्टल पनि रहने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ भाद्र २०७३ ०४:४७ शुक्रबार

सहरमा एनसेल मेला