अर्थ

हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार नौ सय तोकिएको छ।

यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन प्रतितोला  एक लाख छ हजार दुई सय कायम भएकोमा आज प्रतितोला सात सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ हजार चार सय छ। यसको मूल्य अघिल्लो दिन एक लाख पाँच हजार सात सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा १५ ले बढेर प्रतितोला एक हजार तीन सय ८० पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको प्रभाव परेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यको भनाइ छ।  

प्रकाशित: १२ माघ २०७९ ०७:०० बिहीबार

सुनचाँदी