अर्थ

इन्फोडेभलपर्स र मर्कन्टाइलबीच एकीकरण

सफ्टवेयरको क्षेत्रमा काम गर्दै आएका इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच एकीकरण गरी सहकार्य सुरु भएको छ।

बैंक तथा वित्तीय संस्थाहरूलाई सफ्टवेयर उपलब्ध गराउँदै आएका यी दुई कम्पनीले सहकार्य गरेर गुणस्तरीय सेवा दिन रणनीतिक साझेदारीमा काम अघि बढाएको जनाएका छन्।

मर्कन्टाइलको पुमोरी सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज गरेका हुन्। मर्ज भएसँगै इन्फोडेभलपर्स एमओएस प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ। यी कम्पनीले सरकारी तथा वित्तीय क्षेत्रका विभिन्न संस्थालाई सफ्टवेयर उपलब्ध गराउँदै आएका थिए।

गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न रणनीतिक सहकार्य गरिएको कम्पनीको दाबी छ। सूचना प्रविधि तथा बैकिङ क्षेत्रका लागि नयाँ योजनासहित काम अघि बढाएको कम्पनीले जनाएको छ। नयाँ कम्पनी इन्फोडेभलपर्स एमओएस प्रालिको अध्यक्षमा सञ्जिब राजभण्डारी, प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा उमेश रघुवंशी र सह-सीइओमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन्।  

प्रकाशित: १२ माघ २०७९ ००:४९ बिहीबार

बैंक तथा वित्तीय संस्था इन्फोडेभलपर्स र मर्कन्टाइलबीच एकीकरण