अर्थ

एनआईसी बैंकका ग्राहकलाई क्यान्सर सेन्टरमा छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकले उपचार गरी डिजिटल भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ।

सम्झौता-पत्रमा बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ युनिभर्स श्यामप्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो.डा. अन्जनीकुमार झाले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरू र बैंकका कर्मचारीहरूलाई उक्त सेवा उपलब्ध हुनेछ।

प्रकाशित: १२ माघ २०७९ ००:३९ बिहीबार

एनआईसी बैंकका ग्राहकलाई क्यान्सर सेन्टरमा छुट मोबाइल बैंकिङ डेबिट तथा क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग