अर्थ

दाहाल सिभिल लधुवित्तको सञ्चालकमा नियुक्त

सिभिल लघुवित्त वित्तीयको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त भएका छन्।  

संस्थाको सञ्चालक समितिकोे २०१ औं बैठकले दाहाललाई चारवर्षको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। बैंकिङ क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकाश प्राप्त कर्मचारी हुन्।

 सुनसरी इनरुवा स्थायी घर भई हाल कामपा १४ मा बसोबास गर्ने उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। 

प्रकाशित: ११ माघ २०७९ ०२:५७ बुधबार