अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड

आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजारले बढेर सुनको मूल्यमा एक लाख छ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए।

यसअघि २०७८ साल फागुन २५ मा सुनको मूल्य सबैभन्दा बढी प्रतितोला एक लाख पाँच हजार पाँच पुगेको थियो। सोमबार छापावाल सुन प्रतितोला  एक लाख पाँच हजार तीन सयमा कारोबार भएको थियो।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  एक लाख पाँच हजार आठ सय कायम भएको छ। यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार आठ सय थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १५ ले घटेर  एक हजार तीन सय ६५ कायम भएको छ।  

प्रकाशित: १० माघ २०७९ ०६:४२ मंगलबार

सुनचाँदी व्यवसायी महासंघ