अर्थ

दोहोरो अंकले घट्यो सेयर बजार

नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ। साताको पहिलो कारोबार भएको सोमबार नेप्सेपरिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा झरेको छ। गत मंसिर १० गते पुष्पकमल दाहाल नेतृत्वको सरकार बने लगत्तै नियमित जस्तै बढ्दै आइरहेको सेयर बजार फेरि घट्न थालेको छ। २२ सय बिन्दु नाघेको सेयरबजार फेरि २१ सयतर्फ आरोलो लागेको छ।

एक करोड ७ लाख ५९ हजार ५ सय ७९ कित्ता सेयर किनबेच हुँदा सोमबार तीन अर्ब ८६ करोड ६४ लाख ८ हजार ९ सय ७३ रूपैयाँको सेयर कारोबार भएको छ। सुरुआती चरणमा बढेको नेप्सेपरिसूचक २१९९.६९ बिन्दुसम्म पुग्यो। सोमबार कारोबार बन्द हुने बेला भने १३.७१ अंकले घट्यो।

सोमबार नेप्सेका तीनवटै सूचक घटे। सोमबार ४१ कम्पनीको सेयर बढे भने १६६ कम्पनीको सेयर घटे। ३ कम्पनीको सेयर स्थिर रह्यो। सेन्सेटिभ सूचक २.०५ अंक, फ्लोट सूचक ०.९१ अंक र सेन्सेटिभ फ्लोट सूचक भने ०.४७ अंकले घटेको छ। नेप्सेका १३ वटा उपसूचकमध्ये सोमबार दुई उपसूचक मात्रै बढे भने ११ उपसूचक घटे।

सोमबार बढ्ने उपसूचकमा बैकिङतर्फको उपसूचक १५.१६ अंक, म्युचुअल फण्डतर्फको उपसूचक ०.१० अंक बढेको छ। सोमबार सबैभन्दा धेरै घट्ने उपसूचकमा निर्जीवनबिमातर्फ १२३.१३ अंक, जीवनबिमातर्फ ८७.१८ अंक, होटल तथा पर्यटनतर्फ ७९.५० अंक उत्पादन तथा प्रशोधनतर्फ ७२.८५ अंकले घटेको छ। सोमबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा कृषि विकास बैंक रह्यो। सो बैंकको सेयर १० प्रतिशतले वृद्धि भयो।

सनिमा जिआइसी इन्सुरेन्स कम्पनी, कुमारी बैंकको सेयर ९.९९ प्रतिशतले वृद्धि भएको छ। सोमबार सबैभन्दा धेरै घट्ने कम्पनीमा हिमालयन हाइड्रोपावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ७.७९ प्रतिशतले घटेको छ। लिर्वटी इनर्जी कम्पनीको सेयर ७.१९ प्रतिशत, सिँगटी हाइड्रोपावर कम्पनीको सेयर ६.३४ प्रतिशत, ग्रिन भेन्चर्स कम्पनीको सेयर ५.९४ प्रतिशतले घटेको छ।

गत साताको अन्तिम दिन बिहीबार नेप्सेपरिसूचक ५.७१ अंकले वृद्धि भएर २१७८.८१ बिन्दुमा पुगेको थियो। सो दिन ८२ लाख ४७ हजार ६ सय ४६ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४ करोड ४५ लाख २९ हजार ३ सय २९ रूपैयाँको सेयर कारोबार भएको थियो। गत बिहीबारको तुलनामा सोमबार सेयर कारोबार रकममा भने केही वृद्धि भएको छ। बिहीबारको तुलनामा सोमबार ८२ करोड रूपैयाँ बढीको सेयर कारोबार भएको छ ।

प्रकाशित: १० माघ २०७९ ०३:५१ मंगलबार

नेप्से परिसूचक सनिमा जिआइसी इन्सुरेन्स कम्पनी