अर्थ

आइएमई इन्स्योरेन्सको पच्चीसौं साधारणसभा सम्पन्न

आइएमई जनरल इन्स्योरेन्सको पच्चीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बिमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराएका छन्।

सभामा अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनीतिक अवस्था र त्यसको कारणबाट समग्र बिमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराएका थिए। सभामा उनले कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको ११ तले भवन निर्माणको क्रममा रहेको जानकारी गराएका छन्। 

प्रकाशित: १० माघ २०७९ ०३:२८ मंगलबार

आइएमई जनरल इन्स्योरेन्स २५ औं वार्षिक साधारणसभा सम्पन्न