अर्थ

होण्डा साईन र ग्राजियामा उपहार योजना

होण्डा टु ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले होण्डा साइन र ग्राजियामा दुई वटा आकर्षक उपहार योजना लिएर आएको छ। योजना अनुसार ग्राहकले अर्डर गरेको होण्डा साइनको कुनै पनि पार्ट्स ९९ घण्टाभित्र पाउने भएका छन्। यदि उक्त समयभित्र पार्ट्स आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने कम्पनीले जनाएको छ।

यस्तै होण्डा ग्राजियाको योजनामा नयाँ ग्राजिया खरिद गरेमा ग्राहकले एक रूपैयाँमा ३६ महिना सर्भिसिङ र स्पेयर पार्टसमा लाभ लिन सक्ने भएका छन्।

प्रकाशित: १० माघ २०७९ ०३:१९ मंगलबार

होण्डा टु ह्विलर्स होण्डा साइन र ग्राजिया