अर्थ

विद्युत महसुल नतिरे पछि पूर्वमुमा बडामहारानी बस्ने महेन्द्र मञ्जीलको लाइन काटियो

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले महसुल नतिर्ने १ सय ५० ग्राहकको लाइन काटेको छ। प्राधिकरणले महसुल नतिर्नेहरुको लाइन काट्ने अभियान थालेपछि दुई दिनमा देशभरका १ सय ५० ग्राहकको लाइन काटेको जनाएको छ। ति ग्राहकबाट २ करोड रुपैँया उठ्न बाँकी भएको र बक्यौता रकम नतिरे सम्म लाइन जडान नहुने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए।

यता आइतबार नै पूर्व मुमा बडामहारानी बस्ने महेन्द्र मञ्जीलको समेत प्राधिकरणले लाइन काटेको छ। महेन्द्र मञ्जीलबाट ३७ लाख महसुल उठाउन बाँकी थियो। महसुल तिर्न पटक पटक पत्राचार गरे पनि बेवास्ता गरेका कारण लाइन काटिएको काफ्लेले बताए।

महसुल नतिर्ने ग्राहकको विगत देखिनै लाइन काटिँदै आए पनि उर्जामन्त्री जनार्दन शर्माको निर्देशन पछि यसलाई अभियानकै रुपमा सुरु गरेको काफ्लेले बताए।

उर्जामन्त्री शर्माले महसुल नतिर्ने १० ठूला ग्राहकको लिष्ट बनाएर तीन दिन भित्र लाइन काट्न निर्देशन दिएका थिए।

प्रकाशित: ५ भाद्र २०७३ १४:१९ आइतबार

विद्युत महसुल नतिरे पूर्वमुमा बडामहारानी बस्ने महेन्द्र मञ्जीलको लाइन काटियो