अर्थ

नेपाल इन्भेष्टमेन्ट मेगाको एकाइ बाँडफाँट सम्पन्न

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको एनआईबिएल ग्रोथ फण्डको एकाइ बाँडफाँट सम्पन्न भएको छ।  

बैंकको योजनाको १० रूपैयाँ अङ्कित दरको १६ करोड रूपैयाँ एकाइहरू सार्वजानिक रूपमा बिक्री आह्वान गरिएकोमा सो एकाइ बाँडफाँट गरिएको हो।  

एनआईबिएल ग्रोथ फण्डको प्रतिएकाइ अंकित मूल्य १० रूपैयाँ दरको १६ करोड एकाइहरू मध्ये बीज पुँजीबापत १ प्रतिशत अर्थात् १६ लाख एकाइ योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल लिमिटेड तथा १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख एकाइ कोष प्रवद्र्घक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको लागि गरी कुल निष्कासन गरिने एकाइ मध्ये ३ तीन करोड २० लाख एकाइ सुरक्षित राखेर बाँकी रहेको १२ करोड ८० लाख एकाइको यही पुस ७ देखि पुस २१ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो।

प्रकाशित: ६ माघ २०७९ ०३:२९ शुक्रबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक