अर्थ

चार अर्ब ९२ करोडको कारोबार

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० बिन्दुमा झरेको छ। बुधबार नेप्से परिसूचक निकै उतारचढावपूर्ण रह्यो। बुधबार सेयर कारोबार सुरु हुँदा सामान्य अंकले बढेको नेप्से परिसूचक दिउँसो १२ बजेतिर २२१४.४६ बिन्दुमा पुगेको थियो। बुधबार कारोबार बन्द हुने बेला भने सेयर २१७३.१० बिन्दुमा झरेको छ।

बुधबार एक करोड ३३ लाख ४ हजार १ सय ४० कित्ता सेयर किनबेच हुँदा चार अर्ब ९२ करोड ८७ लाख १४ हजार ६ सय २ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार ८० कम्पनीको सेयर बढ्यो भने १२१ कम्पनीको सेयर घटेको छ। ६ कम्पनीको सेयर स्थिर रह्यो। नेप्सेका तीन वटै सूचक राताम्मे भएर घटे। सेन्सेटिभ सूचक १.९३ अंक, फ्लोट सूचक ०.६२ अंक र सेन्सेटिभ फ्लोट सूचक भने ०.६१ अंकले घटेको छ।

नेप्सेका १३ वटा उपसूचकमध्ये १० वटा उपसूचक घटेका छन् भने तीन वटा मात्रै बढे। बढ्ने उपसूचकहरूमा हाइड्रोपावरतर्फ २२.२३ अंक, विकास बैंकतर्फ १८.१७ अंक र म्युचुअल फण्डतर्फको उपसूचक ०.०३ अंकले बढेको थियो।

बुधबार सबैभन्दा धेरै घट्ने उपसूचकमा ट्रेडिङतर्फ १७१.९१ अंक, जीवन बिमातर्फ ११५.३४ अंक, निर्जीवन बिमातर्फ ९७.९२ अंकले घटेको थियो। बुधबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा पिपुल्स हाइड्रोपावर कम्पनी रह्यो। सो कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरी बाराही हाइड्रोपावर र हुर्जा कम्पनीको सेयर समान ९.९९ प्रतिशतले वृद्धि भएको छ। साल्ट  ट्रेडिङ कम्पनीको सेयर ७.८९ प्रतिशत, सिँगटी हाइड्रोपावर कम्पनीको सेयर ६.९२ प्रतिशत र मिथिला लघुवित्त कम्पनीको सेयर पनि ६.०५ प्रतिशतले घटेको छ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकमको आधारमा भने धेरै कारोबार भएको छ। मंगलबार नेप्से परिसूचक ३२.७२ अंकले वृद्धि भएर २१८२.११ बिन्दुमा पुगेको थियो। सो दिन एक करोड १८ लाख ८३ हजार २ सय ८७ कित्ता सेयर किन-बेच हुँदा तीन अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५ सय ८७ रूपैयाँको कारोबार भएको थियो। बुधबार भने चार अर्ब ९२ करोड ८७ करोड रूपैयाँको सेयर कारोबार भएको छ।  

प्रकाशित: ५ माघ २०७९ ०३:२७ बिहीबार

नेप्से परिसूचक चार अर्ब ९२ करोडको कारोबार