अर्थ

भारतमा आयोजित अटो एक्स्पो २०२३ समापन

भारतमा पुस २९ देखि सुरु भएको १६ औं ‘अटो एक्सपो २०२३’ माघ ४ गते समापन भएको छ। नाडाका अध्यक्ष नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले सो प्रदर्शनीको अवलोकन भ्रमण गरेको थियो। नाडाका केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरू सहित १५० भन्दा बढी सदस्यहरूले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए।

प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इण्डियन मेनु फेक्चरिङ एशोसिएशन (सियाम)ले पहिलो पटक २०७९ पुस ३० गते इण्डीया एक्स्पो मार्ट, ग्रेटर नोइडामा आयोजना गरेको ‘अटो ट्रेड डायलग’ मा नाडाका अध्यक्ष ध्रुव थापाले नेपालको अटोमोवाइल क्षेत्रको चुनौति र समस्याहरूका बारेमा आफनो धारणा राखेका थिए भने नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ‘नेपाल अटो मार्केट एण्ड पोलिसी ट्रेण्ड’ विषयमा प्रस्तुति दिएका थिए।  

प्रकाशित: ५ माघ २०७९ ०२:०९ बिहीबार

‘अटो एक्सपो २०२३’