सिटिजन्स बैंकले थप दुई शाखा मधेश प्रदेशमा सञ्चालन गरेको छ। बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८१ औं तथा १८२ औं शाखा मधेश प्रदेश अन्तर्गत सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोकमा थप २ वटा शाखा सञ्चालनमा ल्याएको हो।
यससँगै मधेश प्रदेशको सबै जिल्लामा बैंकको उपस्थिति भएर जम्मा २९ वटा शाखा सञ्चालन हुन थालेको बैंकले जनाएको छ।
यी शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।
प्रकाशित: ४ माघ २०७९ ०१:५४ बुधबार