अर्थ

माउन्टेन एयरको हेलिकप्टर फोर्स ल्यान्डिङ

नुवाकोट— गोर्खाको सिर्दिबास बाट ४ जना यात्रु लिएर आएको माउन्टेन एयरको हेलिकप्टर नुवाकोटको महादेवफाँटमा अकस्मात फोर्स ल्यान्डिङ गरिएको छ।

इन्जिनमा खराबी देखिएपछि हेलिकोप्टर फोर्स ल्यान्डिङ गरिएको हो। इन्जिनमा खराबी देखिएपछि हेलिकप्टरका क्याप्टेन किरण पुनले आस्मिकक अवतरण गराएको नुवाकोटका प्रहरी उपरीक्षक देबबहादुर बोहराले बताए।

फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना भए नजिकै हेलिकोप्टर फोर्सल्यान्ड गराइएको छ। सोमबार नुवाकाेटकाे मदनपुर-९ बेतिनी जंगलमा भएको सो दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित: २७ श्रावण २०७३ १०:५९ बिहीबार

माउन्टेन एयरको हेलिकप्टर फोर्स ल्यान्डिङ