अर्थ

समृद्धि फाइनान्सको २१ औं वार्षिक साधारणसभा सम्पन्न

समृद्धि फाइनान्सको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईकोे अध्यक्षतामा सो साधारण सभा सम्पन्न भएको हो।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आवको वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने, आव २०७९/८० का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने लगायतका एजेन्डामा छलफल भएको थियो। साथै, सञ्चालक समितिको लागि संस्थापक समूह बाट सुदिप घिमिरे र सर्वसाधारण समूहबाट श्रीमती दुर्गा थापा निर्वाचित भएका छन्।

यस्तै साधारण सभामा अध्यक्ष भट्टराईले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रकाशित: २ माघ २०७९ ०४:२४ सोमबार

२१ औं वार्षिक साधारणसभा सम्पन्न समृद्धि फाइनान्स