अर्थ

दूतावासको सहयोगमा फूल सजावट तालिम

काठमाडौं- नेपालका लागि थाइल्यान्ड राजदूतावासको सहयोगमा फूल सजावट सम्बन्धी तालिम सुरु भएको छ।
महिलाको अन्तर्राष्ट्रिय समूह (जोन्टा) र महिला उद्यमी महासङ्घको संयुक्त आयोजनामा नेपालका फूलव्यवसायीलाई सजावट सम्बन्धी तालिम दिन लागिएको हो । जोन्टाकी अध्यक्ष सिर्जना रानाले महिलालाई आर्थिक क्षेत्रमा सवल र सक्षम बनाउन उक्त तालिम प्रदान गरिएको बताइन्।

“तालिमले फूल टिकाउ खालको बनाउन मद्यत पुगेको छ,” उनले भनिन्। महिला उद्यमी महासङ्घकी महासचिव निरु रायमाझी खत्रीले फूल सजावटसम्बन्धी तालिमले नेपालीले नै सजावट गर्नसक्ने कार्यमा दक्षता हासिल गर्न सक्ने विश्वास व्यक्त गरे। तीन दिनसम्म चल्ने फूल सजावट तालिममा एकसय ५० भन्दा बढी फूल व्यवसायीको सहभागिता रहेको बताइएको छ। रासस

 

प्रकाशित: २३ श्रावण २०७३ ०९:५५ आइतबार

दूतावासको सहयोगमा फूल सजावट