अर्थ

नेप्सेका शेयरधनीलाई प्रमाणपत्रको सट्टा डिम्याटमा शेयर दिने

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शेयरधनीहरुलाई शेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा शेयर दिने भएको छ।

नेप्सेले नेप्सेका शेयर धनीहरुलाई नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर शेयरधनीलाई डिम्याटमा शेयर दिने तयारीमा रहेको बताएको छ।

शुक्रबार नेप्सेको ४१ औं वार्षिक साधरणसभामा बोल्दै सहायक प्रवन्धक निरञ्जन फुयाँलले नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर शेयरधनीलाई डिम्याटमा शेयर दिने तयारीमा रहेको बताए। उनले अर्थ मन्त्रालयको पत्रको आधारमा धितोपत्र बोर्डले नेप्सेमा सूचिकृतको लागि स्वीकृति दिए छिटै शेयरधनीलाई डिम्याटमा शेयर दिने बताए। नेप्सेको शेयरलाई नेप्सेका सूचिकृत गर्ने प्रक्रियामा प्रयास भइरहेको उनले बताए।

उनले बजारमा संस्थागत लगानीकर्ताहरुको संख्या बढाएर उनीहरुको सक्रिय सहभागिता बढाउनु आवश्यक रहेको बताए। त्यस्तै नेप्सेको साधरण सभाले चुक्ता पुँजी १ अर्बमा नियमानुसार लाग्ने करसहित शतप्रतिशत नगद लाभांश (एक अर्ब रुपैयाँ) वितरण गर्ने भएको छ। नेप्सेले गत आर्थिक वर्षमा चुक्ता पुँजी ६० करोडको १०० प्रतिशत नगद नाभांश ६६.६७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।  

प्रकाशित: २९ पुस २०७९ ०९:५५ शुक्रबार

नेपाल स्टक एक्सचेन्ज लिमिटेड