महालक्ष्मी विकास बैंकले नक्सालस्थित हिमइलेक्ट्रोनिक्ससँग सम्झौता गरेको छ। बैंकका ग्राहकलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट हुने विषयमा उक्त सम्झौता भएको हो।
सम्झौता पश्चात बैंकका ग्राहकले सामसुङ डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्ध (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरू मार्फत विभिन्न विद्युतीय सामाग्रीहरूको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकहरूले सामसुङ प्लाजाबाट कन्जुमर इलेक्ट्रोनिक्सहरूको खरिदमा १५प्रतिशत र मोबाइल फोनको खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्मा र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन्।
यस किसिमको सहकार्यबाट विद्युतीय सामाग्रीहरूको प्रयोगमा ग्राहकको पहुँच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।
प्रकाशित: २९ पुस २०७९ ०३:०८ शुक्रबार