अर्थ

नेपालमा पानासोनिकको सोरुम स्थापना

पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालिले नेपालमा पनि आफ्नो पहिलो अन्तर्राष्ट्रियस्तरको इन्टेरियर सोलुसनको सोरुम स्थापना गरेको छ।

कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेसनलसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औं सोरुमको बिहीबार उद्घाटन गरेको हो। कम्पनीले सन् २०२३ भित्र दक्षिण एसियाली मुलुक सार्क क्षेत्रमा ३१ सोरुम सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ।

पानासोनिक सोलुसन्स इण्डिया भारतमा विद्युतीय निर्माण सामग्री(इसिएम) को सबैभन्दा ठूलो घरेलु उत्पादकमध्ये एक भएको कम्पनीको दाबी छ। इसिएमबाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउसिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा पनि काम गर्दै आएको जनाएको छ। 

प्रकाशित: २८ पुस २०७९ ०४:५६ बिहीबार

पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालि अन्तर्राष्ट्रियस्तरको इन्टेरियर सोलुसनको सोरुम स्थापना