अर्थ

आत्मनिर्भरको बाटोमा रङ उत्पादन

ऋषि खतिवडा

काठमाडौं- घर–कोठा रंग्याउने डेकोरेटिभ पेन्ट्समा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख रहेको छ। देशभरका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका ३७ रङ उद्योगले दैनिक पाँच करोड रुपैयाँ मूल्य बराबरको रङ उत्पादन गर्न थालेपछी स्वदेशी उद्योगले नै रङको मागलाई सम्बोधन गर्न सफल हुँदै गएका हुन्। लगानीमा वृद्धि र गुणस्तरिय उत्पादनका कारण नेपाली रङ बजारमा आत्मनिर्भर बनेको उत्पादकहरुको भनाइ छ।

अहिले नेपाली रंङले ५ अर्ब बराबरको बजारको हिस्सा ओगटेको व्यापारीहरुको भनाई छ। बर्जर, कन्साइ नेरोल्याक, एशियन,  शालिमार जस्ता बहुराष्ट्रिय कम्पनीबिच स्थानीय कम्पनीहरुले पनि आफ्नो उत्पादनलाई प्रतिस्पर्धात्मक बनाईरहेका छन्। वार्षिक १५ प्रतिशतको हाराहारीमा रङको वार्षिक वृद्धिदर रहेको छ।

नेपाल पेन्ट्स इन्डष्ट्रि प्रालिका प्रमुख तथा रङ उत्पादक संघका अध्यक्ष विश्व प्रकाश साँखले नेपालमा उत्पादित रङले मात्रा र गुणस्तर दुबैमा वृद्धि गदै लगेको बताए। यता  आरति पेन्ट्स उद्योगका व्यवस्थापक पवन तिवारीका अनुसार आफ्नो उत्पादनले बजारको पहुँचलाई बिस्तार गर्दै लगेको बताउँछन्। नेपालकै पुरानो रङ  कम्पनी पशुपति पेन्ट्सका म्यानेेजर जिडि सिंङ पनि नेपाली रंङले बजारमा विदेशी कम्पनीलाई चुनौती दिएको बताए।

नेपनलमै संचालित बहुराष्ट्रिय कम्पनी एशियन पेन्ट्सले रङको मागलाई धेरै मात्रामा सम्बोधन गरेको बताएको छ। त्यस्तै बर्जर, कन्साइ नेरोल्याक, शालिमा पेन्ट्सजस्ता बहुराष्ट्रिय कम्पनीलाई रङमा आत्मानिर्भर बनाउन महत्वपुर्ण भुमिका खेलेका छन्।  

नेपालको भौगोलिक अवस्था सुहाउँदो र ग्राहकको मनोविज्ञान अनुसारको स्वदेशी रङले नेपाली उपभोक्ताको मन जित्न सफल रहेको उत्पादकहरु बताउँछन्। रङ उत्पादक संघका महासचिव तथा महालक्ष्मि पेन्ट्सका प्रमु चन्द्रपाक खड्गीका अनुसार केही वर्ष अघिसम्म   नेपाली रङ उत्पादनको पुर्णरुपले परनिर्भर रहेका थियो। परिवर्ततित अवस्थामा प्रति संकेत गर्दै उनी भन्छन्, 'भारत तथा तेस्रो मुलुकबाट आयत हुदैँ आएकोे रङ विस्तारै कमि हुदैँ गएको छ।'

नेपाली रङको गुणस्तर कमजोर रहेको भन्ने आरोपको खण्डन गर्दै महासचिव खड्गी भन्छन्, 'विदेशी रङ 'ए' गे्रड र नेपाली रङ 'सी' ग्रेडको तुलना गर्न मिल्दैन, त्यसमा अवश्य पनि गुणस्तरमा फरक पर्छ। हामी दृढ विश्वासका साथ भन्न सक्छौ विदेशी कलरका जुनसुकै ग्रेडको तुलनामा नेपाली उत्पादन अब्बल छ।' उनी भन्छन्, 'हामीले उच्चकोटीका प्रिमियम रङको उत्पादन गर्दै आएका छौ।'

यता रङका लागि आवश्यक कच्चा पदार्थ भने पुर्णरुपमा भारतबाटै आउने गरेको छ। 'कच्चा पदार्थको उत्पादनाको लागि धेरै ठुलो बजार रहेको भारतमा त कच्चा पदार्थ उत्पादन गर्ने आफ्नै उद्योग छैन्' महासचिव खड्गी भन्छन्, 'रङको कच्चा पदार्थका लागि भारत पनि परनिर्भता छ।' 

तथापी नेपाली रङ विदेशबाट आयातित भन्दा मङ्गो पर्ने देखिएकोे छ। आयातित रेडिमेट रङ कम्पनीलाई सरकारले सिमामा ५८ प्रतिशत भन्सार लाग्ाउने गरेको छ। नेपाली कम्पनीका लागि सहुलियत सहित १० प्रतिशत भन्सारमा कच्चा पदार्थ  आयत हुने भए पनि  भारतबाटै आयत हुने कम्पनीको  तुलनामा सस्तो पर्ने देखिएको छ। त्यस सन्दर्भमा संघका महासचिव खड्गीले नेपालमा भारतीय रङ कम्पानीका उत्पादनहरु गैरकानूनी तरिकाले भित्रिएको आरोप लगाए।

उनले भने,' भारतीय कम्पनीहरु गैर कानुनी तरिकाले सामान भित्र्याउँछन्, अनि सस्तो दिन्छन्।' त्यस्तै उनले एकैपटकमा भारतीय कम्पनी धेरै रङको उत्पादन गर्ने भएकाले केही सस्तो भएको स्वृकार गरे।  नेपाली उद्योगमा भारतबाटै प्राविधिकहरु ल्याउनु पर्ने, अन्तराष्ट्रिय गुणस्तरको मापडण्ढ निर्धारण गर्दा लाग्ने लागत हेर्दा मुल्य एकरुप नै रहेको उनको भनाई रहेको छ। त्यस्तै लोडसेडिङ, अस्थिर राजनीति, महँगो ज्यालाका बाबजुत पनि मुल्यमा लागत अनुसार उचित रहेको  समातता रहेकको  उनको ठम्माई छ।

नेपाल पेन्ट डिलर एशोसियसनका अध्यक्ष राम चन्द्र खत्रीका अनुसार देशमा नेपाली उत्पादन प्रति नेपालीको आर्कषण रहेको बताए। उनका अनुसार नेपाली कम्पनीले गुणस्तरमा अन्तराष्ट्रिय ब्रान्ड अनुसार रहेको र  दररेटमा पनि नेपालीको क्षमता अनुसार रहेको बताए।  नाकाबन्दी र भुकम्पपछि रङको व्यपारमा कमि आएको भन्दै उनले नेपाली कम्पनीका कारण धेरैलाई राजगार श्रृजना गरेको र राष्ट्रिय आयमा महत्वपुर्ण योगदान दिएको बताए।

नेपालमा संचालित उक्त कम्पनीहरुमा १० हजार कामदारले प्रत्यक्ष लाभ उठाईरहेका छन्। त्यसरी डेकोरेटिभ रङले आत्मनिर्भर हुँदै गएपनि औद्योगिक क्षेत्रमा प्रयोग हुने इन्डष्ट्रियल रङ भने पुर्णरुपमा परनिर्भर छ।

प्रकाशित: १८ श्रावण २०७३ ०४:४८ मंगलबार

आत्मनिर्भरको बाटोमा उत्पादन