अर्थ

‘वेलकम विन्टर’ योजना सार्वजनिक

चौधरी ग्रुपले बेकोका उत्पादनहरूमा जाडो मौसमलाई लक्षित गर्दै ‘वेलकम विन्टर’ योजना सार्वजनिक गरेको छ।

योजना अन्तर्गत ग्राहकले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने समानहरूको खरिदमा आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्। जसअनुसार वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजीको सर्फ एक्स्सेल म्याटिक वासिङ पाउडर उपहार पाइन्छ भने डिसवासरको खरिदमा २ प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार पाइने भएको छ।

यस्तै एअर कन्डिसनरको खरिदमा ४ हजार रूपैयाँ बराबरको फ्री इन्स्टलेसन पनि पाइने भएको कम्पनीले जनाएको छ।

बेकोका उत्पादनहरूमा १२ वर्षसम्मको पार्ट्स वारेन्टी रहेको बताउँदै कम्पनीले यो योजना मङ्सिर १५ देखि सीमित अवधिका लागि लागु गरिएको जनाएको छ।

प्रकाशित: २७ पुस २०७९ ०५:०० बुधबार

चौधरी ग्रुप ‘वेलकम विन्टर’ योजना सार्वजनिक