अर्थ

विश्वकप फेस्ट २०२२ को बम्पर पुरस्कार विजेतालाई जब्जीले गर्‍यो पुरस्कृत

विश्वकप फेस्ट २०२२ को बम्पर पुरस्कार विजेतालाई जब्जी (अनलाइन रोजगार पोर्टल)ले पुरस्कृत गरेको छ। सोमबार विश्वकप फेस्ट २०२२ को बम्पर पुरस्कार विजेतालाई जब्जीले पुरस्कृत गरेको हो।  

जब्जीले विश्वकप फेस्ट २०२२ को बम्पर पुरस्कार विजेता  निजन चौधरीलाई ४३ इन्चको स्मार्ट टेलिभिजन,सुदीप सुवेदी र विद्या बाँस्तोलालाई क्रमशः ओन प्लस यन २० मोबाइल फोन र स्मार्टवाच प्रदान गरी सम्मान गरेको छ।    

त्यस्तै जब्जीले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म मार्फत 'जब्जी फर यु' शीर्षकको पहिलो भिडियो पनि जारी गरेको छ। भिडियोमा कसरी जब्जीले रोजगार खोज्नेहरूलाई कर्पोरेट उद्योगमा आउन मद्दत गर्न सक्छ भन्ने जानकारीमूलक सन्देश छ। 

प्रकाशित: २६ पुस २०७९ ११:०३ मंगलबार

जब्जी विश्वकप फेस्ट २०२२ को बम्पर पुरस्कार