अर्थ

साढे पाँच अर्बको सेयर कारोबार

साताको पहिलो दिन आइतबार नेप्सेपरिसूचक दोहोरो अंकले वृद्धि भएर कारोबार बन्द भएको छ। नेप्सेपरिसूचक २०.६८ अंकले वृद्धि भएर २१६४.६१ बिन्दुमा पुगेको छ। आइतबार कारोबार रकमको आधारमा पनि उच्च कारोबार भएको छ। एक करोड ४१ लाख ९ सय ८८ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रूपैयाँको सेयर कारोबार भएको छ।

गत साताको अन्तिम दिन बिहीबार १ करोड २५ लाख ८१ हजार ९ सय ८२ सेयर किनबेच हुँदा पाँच अर्ब ४ करोड ७ लाख ४० हजार ९ सय ३७ रूपैयाँको सेयर कारोबार भएको थियो। बिहीबारको तुलनामा आइतबार कारोबार रकमको आधारमा ३७ करोड बढीको कारोबार भएको हो।

सो दिन नेप्से परिसूचक १८.०९ अंकले वृद्धि भएर २१४३.९३ बिन्दुमा पुगेको छ। आइतबार १३३ कम्पनीको सेयर बढेको छ भने ७१ वटा कम्पनीको सेयर घट्यो। ९ वटा कम्पनीका सेयर भने स्थिर रहे। आइतबार सेयर परिसूचक नेप्से निकै उतारचढावपूर्ण रह्यो। आइतबार २१४३.९३ बिन्दुबाट सुरुवात भएको नेप्से सुरुको चरणमा घटेर २१२७.२१ बिन्दुमा झरेको थियो। बीचमा यो बढेर २१८६.५६ बिन्दुसम्म पुगेको थियो तर कारोबार बन्द हुने बेला भने परिसूचक २१६४.६१ बिन्दुमा आएर रोकियो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्सेका तीन वटै सूचकमध्ये एउटा सूचक मात्रै बढ्यो। सेन्सेटिभ सूचक स्थिर रह्यो भने फ्लोट परिसूचक १.४५ अंकले बढेको छ, त्यस्तै सेन्सेटिभ फ्लोट ०.०५ अंकले घटेको छ। नेप्सेका १३ वटै उपसूचकमध्ये आइतबार १० उपसूचक बढे भने तीन उपसूचक घटे। घट्ने उपसूचकहरूमा उत्पादन तथा प्रसोधनतर्फ ६४.६३ अंक, माइक्रोफाइनान्सतर्फ १०.९९ अंक र बैकिङतर्फ १२.२५ अंकले घटेको थियो।

आइतबार बढ्ने उपसूचकमा जीवनबिमातर्फ ४६८.९८ अंक, निर्जीवन बीमातर्फ ३२१.५६ अंक, होटेल तथा पर्यटनतर्फ १३०.४६ अंकले वृद्धि भएको छ।

प्रकाशित: २५ पुस २०७९ ०५:२० सोमबार

साताको पहिलो दिन आइतबार नेप्सेपरिसूचक दोहोरो अंकले वृद्धि नेप्से परिसूचक