मुक्तिनाथ विकास बैंकले डाक्टर भगवान् कोइरालाको अध्यक्षतामा सञ्चालित गैरनाफामूलक संस्था ‘काठमाडौं इन्स्टिच्युट अफ चइल्ड केयर’ सँग सम्झौता गरेको छ।
बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै डाक्टर कोइरालासँग सम्झौता गरेको हो। बैंकको तर्फबाट अध्यक्ष भरतराज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन्।
सम्झौताबमोजिम झापा जिल्लाको दमकस्थित निर्माणाधीन बाल अस्पतालको लागि बैंकले ५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ। बैंकले गरेको सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पूर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिइएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।
प्रकाशित: २५ पुस २०७९ ०४:२३ सोमबार