अर्थ

आइएमई पे र डेली ग्रोसरीबीच सम्झौता

आइएमई पे र डेली ग्रोसरी सुपरमार्केट बीच सम्झौता भएको छ। सम्झौता अनुसार ग्राहकहरूले आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेलीग्रोसेरीमा किराना सामानहरूको खरिदमा १० प्रतिशतसम्म छुट पाउने छ।

यस अफर आइएमई पेको फिजिकल भिसा कार्डमार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने कम्पनीले खुलाएको छ। ग्राहकहरूले यस अफर अवधिभरि काठमाडौं उपत्यकाको २४ वटा डेलीग्रोसरीका आउटलेटहरूमा यस अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन सक्ने जनाएको छ।

प्रकाशित: २५ पुस २०७९ ०४:१५ सोमबार

आइएमई पे र डेली ग्रोसरी सुपरमार्केट बीच सम्झौता