अर्थ

सनराइज बैंकका ग्राहकलाई हस्पिटलमा छुट

सनराइज बैंक र फ्रन्टलाइन हस्पिटलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ अफिसर सुरेशकुमार मनोहरनले हस्ताक्षर गरेका छन्।

ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै बैंकले स्वास्थ्य क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यले उक्त सम्झौता गरेको हो। सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको क्रेडिट, डेबिट कार्ड वा मोवाइल बौकिङमार्फत फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा तथा उपचार सुविधामा छुट लिन सक्नेछन्।

 यसैअन्तर्गत बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलको अ‍ोपिडी सेवा र बेड शुल्कमा १३ प्रतिशत, ओपिडी फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छुट पाउने भएका छन्।

प्रकाशित: २४ पुस २०७९ ०४:२० आइतबार

सनराइज बैंक