अर्थ

छिमेक लघुवित्त डिजिटल कारोबारतर्फ अग्रसर

छिमेक लघुवित्तले मोबाइल बैंकिङ एप मार्फत सदस्यहरूलाई डिजिटल कारोबार गर्ने व्यवस्था मिलाएको छ।

उक्त डिजिटल एपअन्तर्गत कनेक्ट आइपीएस र फोन भुक्तानी सेवामार्फत आफ्नो सञ्जालभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरूमा सजिलै फण्ड ट्रान्सफर, युटिलिटी भुक्तानी लगायतका सेवाहरू रहेका संसथाले जनाएको छ।

मोवाइलको बढ्दो प्रयोगसँगै लघुवित्त क्षेत्रमा पनि यसको प्रयोगबाट कारोबारलाई नगदरहित गर्न सकिने संस्थाको विश्वास छ।

यस्तै लघुवित्तका सदस्यहरूलाई आफ्नो एकाइ (केन्द्र) बैठकको बारेमा जानकारी लिन सकिने र कारोबार सफल भएपश्चात् कारोबारको जानकारी रकमसहित बोलेर सुनाउने यस एपको अर्को महत्वपूर्ण विषेशता रहेको संस्थाले जनाएको छ।  

प्रकाशित: २४ पुस २०७९ ०४:१० आइतबार

छिमेक लघुवित्त डिजिटल एपअन्तर्गत कनेक्ट आइपीएस र फोन भुक्तानी सेवा