अर्थ

१२ दिनमा ६० करोड खर्च

बारा-जिल्लाको सरकारी  कार्यालयहरुले असार मसान्तको २० गते देखी ३१ गते सम्ममा सम्पूर्ण  रकमको लगभग ११ प्रतिशत खर्च गरेको पाईएको छ।

आर्थिक बर्ष २०७२/ ७३ को असार २० गतेदेखि ३१ गतेसम्म सरकारी कार्यालयहरुले चालु र पुँजीगत तर्फको गरी लगभग साठी करोड ६५ लाख ४१ हजार खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले जनाएको छ।

पुजींगत तर्फ गत आर्थिक बर्षभरीमा ८९ करोड ७१ लाख खर्च गरीएकोमा असार २० गते देखी ३१ गते सम्म मात्रै १९ करोड ५५ लाख ५५ हजार  खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका अधिकारीहरुले बताएका छन्।

 गर्त आर्थिक बर्ष भरीमा चालु तर्फ तीन अर्ब ६६ करोड खर्च भएकोमा असारको २० गते देखी ३१ गते सम्म मात्रै ४१ करोड नौ लाख  खर्च भएको कोष तथा लेखा नियन्त्रक बाराका प्रमुख चिरन्जिवी अधिकारीले  जनाएका छन्।

पुजीगततर्फ  २०७२ सालको साउन देखी २०७३ सालको असार १९ गते सम्म ७० करोड २५ लाख खर्च गरीएकोमा १२ दिनको अवधिमा मात्रै १९ करोड ५५ लाख खर्च भएको कोलनिका प्रमुख अधिकारीले बताए।

 पुजीगत तर्फ भने १ अरब १ करोड २ हजार बजेट रहेकोमा बाँकी ११ करोड २९ लाख रकम फ्रिज भएको उनले बताए।

त्यसै गरी चालुतर्फ भने असार १९ गतेसम्म तीन अर्व २५ करोड ५७ लाख खर्च भएकोमा १२ दिनको अवधीमा मात्रै ४१ करोड नौ लाख खर्च गरीएको छ। चालु तर्फ भने ४ अरब ५ करोड ४६ लाख बजेट रहेकोमा  ३ अरब ६६ करोड ६६ लाख खर्च बर्ष भरीमा खर्च गरीएको छ भने बाँकी रहेको लगभग ३९ करोड रकम फ्रिज गरीएको कोलनिकाले जनाएको छ।

असार महिनाको अन्तय तिर पुँजीगत तर्फ र चालु तर्फ जिल्ला विकास समिति, शिक्षा कार्यालय ,जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय ,वन कार्यालय कार्यालय,भू–क्षय कार्यालय कृषि बिकास कार्यालय लगाएतका सरकारी कार्यालयहरुले असार महिनाको अन्तय तिर बढी रकम खर्च गरेको कोलेनिकाका अधिकारीहरुले जनाएका छन्।

जिल्ला विकास समिति बाराको विकास निमार्ण लगायत विभिन्न शिर्षकमा आएको बजेट खर्च नभई करिब १३ करोड रकम फ्रिज भएको छ । पुंजीगतको लागि जिविसलाई आएको ७४ करोड ६५ लाख ९९ हजार चार सय ४० मध्ये १२ करोड ९९ लाख ३२ हजार एक सय ५८ रुपैया फ्रिज भएको हो ।  विकास निमार्णको लागि मात्र चार करोड ७२ लाख ९० हजार तिन सय १२ रुपैया १२ पैसा, सुनौलो हजार दिन आयोजनाको आठ करोड २६ हजार आठ सय ४६ रुपैया फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय बाराले जनाएको छ ।

७४ करोड ६५ लाख ९९ हजार चार सय ४० रुपैया जिविस बाराको लागि बजेट छुट्याएपनि जिविसले भने ६७ करोड ६० लाख ६० हजार चार सय ४० रुपैयाँको निकाशा माग गरेको कोलेनिका बाराले जनाएको छ।

बारामा आएको एक अरब नौ करोड दुई हजार चार सय ७४ रुपैया मध्ये खर्च नभई जिल्लाको १९ करोड २८ लाख ९२ हजार पांच सय १ रुपैया ८१ पैसा फ्रिज भएको कोलेनिका बाराले जनाएको छ।

 

प्रकाशित: ११ श्रावण २०७३ १०:३८ मंगलबार

१२ दिनमा ६० करोड खर्च