अर्थ

प्रतितोला सुनको मूल्य एक लाख तीन हजार एक सय

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार चार सय रुपैयाँ थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। रासस

प्रकाशित: २१ पुस २०७९ ०६:४६ बिहीबार

सुनचाँदी बजार एक लाख तीन हजार एक सय