अर्थ

ग्लोबल आइएमई बैंकका कर्मचारी सम्मानित

ग्लोबल आइएमई बैंकले स्थापनाको १६ औं वर्ष प्रवेशको अवसरमा १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको छ।

बैंकमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीलाई सम्मान गरेका छन्।

अध्यक्ष ढकालले बैंकले ‘उत्कृष्ट बैंकिङ सबैका लागि’ भन्ने नाराका साथ संस्था स्थापनाको १६ वर्षमा अधिकांश वित्तीय सूचकहरूमा अब्बल दरिन सफल भएको बताएका छन्।

यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए।

प्रकाशित: २१ पुस २०७९ ०३:०९ बिहीबार

ग्लोबल आइएमई बैंक