अर्थ

अर्थमन्त्री पौडेलसँग बैंकर्स संघका प्रतिनिधिद्वारा भेटवार्ता

नव नियुक्त अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल मर्चेण्ट बैंकर्स संघका प्रतिनिधिले भेटवार्ता गरेका छन्। मर्चेण्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टीकृत लगानी व्यवस्थापन गर्न इजाजतपत्र प्राप्त संस्थाहरूको हकहित तथा नेपालको पुँजीबजारको विकास र संवर्धनका लागि क्रियाशील बैंकर संघका पदाधिकारीहरूले नवनियुक्त अर्थमन्त्री पौडेलसँग भेटघाट गरेका हुन्।

संघका पदाधिकारीहरूले नवनियुक्त मन्त्री पौडेललाई सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा नेपालको पुँजीबजारले कोशेढुंगा कायम गर्ने र अर्थतन्त्र सवल हुने विश्वास लिएको जनाएका छन्।

भेटघाटका अवसरमा संघका प्रतिनिधिले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र यस सम्बन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भूमिका बारे विस्तृत विवरण अर्थमन्त्री सामु पेश गरेको जनाएको छ।

उक्त भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रममा बैंकरको हकहितका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकाय मार्फत खेल्नुपर्ने भूमिकाका सन्दर्भमा बुँदागत रूपमा प्रकाश पारी अर्थमन्त्री पौडेललाई हस्ताक्षर हस्तान्तरण गरिएको छ।

प्रकाशित: २१ पुस २०७९ ०२:५६ बिहीबार

नेपाल मर्चेण्ट बैंकर्स संघ